गायिका एलिना खनालको तीज गीत (मुख चुच्चो पार मायाले) बोलको तीज गीत सार्वजनिक भिडियो सहित |

0
436

साउन ९ काठमाण्डौ | तीज नजिकिंदै गर्दा धमाधम तीजका गीत सार्वजनिक हुने क्रम बढेको छ | त्यसै अनुरुप गायिका एलिना खनालको पनि (मुख चुच्चो पार माया) बोलको तीज गीत सार्वजनिक भएको छ |

प्रायजसो मिडियाको नजरमा पर्न नरुचाउने गायिका खनाल यतिबेला भने चर्चित गायीकामा पर्न सफल भएकी छिन । कारण उनले गाएको तीजको गीत ‘मुख चुच्चो पार माया’ रहेको छ ।

यो भन्दा अगाडि पनि गायिका खनालले झन्डै २ दर्जन बढी लोक तथा तीज गितहरु गाइसके पनि सफल गायिकाको रुपमा भने यसै गीतले चिनाएको छ ।

नयाँ आधुनिक युगका युवायुवतीहरुलाइ लक्षित गर्द समय सापेक्ष रुपमा बनाइएको यो गीत चर्चित हुनाको कारण शब्द , स्वर र संगीत सबैको तालमेल हो भन्छिन गायिका खनाल ।
। गायिका खनालले गाएको पछिल्लो गीत मुख चुच्चो पार मायाले यसपालिको तीजमा धमका मच्चाउने निश्चित छ । कारण तीज आउनुभन्दा अगाबै यो गीत आम दर्शकको रोजाइ बनेको छ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here