पाकिस्तानमा बम बिष्फोटमा परी २२ जनाको मृत्यु

0
554

एजेन्सी । पाकिस्तानमा बम बिष्फोटमा परी २२ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हाल चलिरहेको ११ औं राष्ट्रिय चुनावको दौरान क्वेटाको मतदान केन्द्रको नजिक बम बिस्फोटन हुँदा ज्यान गुमाउनेको संख्या २२ जना पुगेको छ ।

बीबीसीका अनुसार उक्त विस्फोटन पूर्वी बाइपासमा बनाइएको मतदान केन्द्रको नजिक भएको हो । हालसम्म घाइतेमध्ये २९ जनालाई अस्पताल लगीसकिएको रिर्पोटमा उल्लेख छ । सोल अस्पतालका प्रवक्ता वसीम बेगले बीबीसीलाई २२ जना मारिएको पुष्टि गरेका छन् र २९ जना घाइते भएका छन् । बम आक्रमणमा मारिनेमा प्रहरीहरु समेत रहेको बिबिसीले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here