धमाकेदार नयाँ तीज गीत” ‘नाचम नाचम”सार्वजनिक

0
576

काठमाडौँ । नेपाली नारीहरूको महान पर्व हरितालिका तिजलाई मध्यनजर राख्दै सुमार्ग फिल्मस को प्रस्तुतीमा आर एन श्रीमालीको तीजको कोसेली  ‘नाचम नाचम’ बोलको तिज गीतको भिडियो सार्वजनिक  भएको छ । गीतमा नारायण पाण्डे तथा गायिका पवित्रा सतुङगे मगरको रहेको छ । तिजको मौलिक भाका विस्थापित हुँदै गएका कारण आफ्ना दर्शक तथा सुभ चिन्तकलाई मनोरञ्जन दिनको लागी तीजको गीत ल्याएको गायक नारायणले बताए ।

आर एन श्रीमाली को शब्द रहेको गीतमा नारायण पाण्डेको लय सिर्जना रहेको छ । तिज गीतमा मौलिकता हराइरहेका बेला यसवर्ष भने अधिकांश कलाकारहरूले पुराना भाकालाई महत्व दिँदै नयाँ रूप नयाँ स्वर दिँदै सार्वजनिक गर्ने गरेका छन् । वर्तमान समयको माग अनुरूपको गीतको भिडियो तयार गरिएको छ । सुरेश श्रेष्ठले छायाँकङ्न , नविन धर्ति मगर को सम्पादन र चर्चित भिडियो निर्देशक स्मृति तिम्सिना गुरु आमाको निर्देशन भिडियोमा छ । भिडियोमा धुव्र हिमाली र रश्मी आचार्यको दमदार नित्य रहेको छ । हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here