अझै २८ प्रतिशत रोपाइँ हुन बाँकी

0
526

चितवन । जिल्लामा अझै २८ प्रतिशत जमीनमा धान रोपाइँ हुनसकेको छैन।साविकको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी रामराजा पौडेलका अनुसार हालसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ।

गतवर्ष यतिबेला झण्डै ८० प्रतिशत रोपाइँ भएको थियो। पौडेलका अनुसार जिल्लाको पश्चिमी क्षेत्रमा सिञ्चित गर्ने खगेरी नहर र नारायणी लिफ्टमा पानी ढिलो छोड्दा तथा प्रर्याप्त वर्षात नहुँदा धान रोप्न ढिला भएको हो।

जिल्लाको पूर्वी क्षेत्रमा र माडीमा ९० प्रतिशत रोपाइँ भएको छ, भने भरतपुर महानगर र इच्छाकामना गाउँपालिकामा ५५ प्रतिशत मात्र रोपाइँ भएको पौडेलले बताए।जिल्लामा २८ हजार ६ सय हेक्टरमा वर्षे धान लगाइन्छ। कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार सावित्री, राधा चार, सामामन्सुली, रामधानलगायत जातको धान लगाइन्छ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here