प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या

0
487

धनगढी । कैलालीमा प्रेमीसंग मिलेर श्रीमतीद्वारा आफ्नै श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ।भजनी नगरपालिका ९ भुरुवागाउँकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नो पतिको हत्या गरेको भजनी इलाका प्रहरी कार्यालयले जनाएको छ।

भजनी नगरपालिका ९ को भुरुवा गाउँमा ३५ वर्षीय नन्दु राजीलाई उनकै पत्नी निर्मला राजी र प्रेमी भनिएका दिलीप राजीले घाँटी च्यापेर हत्या गरेको खुलासा भएको कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।घटना साउन ४ गते राति भए पनि प्रहरीलाई ढिलो गरी खबर प्राप्त भएको चन्दले बताए। मादक पदार्थ सेवन गरेर राति घर पुगेका नन्दु राजी र श्रीमती निर्मला राजीबीच झगडा भएकामा श्रीमतीले आफ्ना प्रेमी भनिएका दिलीपलाई बोलाई घरमै कुटपिट गरिएको जनाइएको छ।

राति नै लोग्नेको हत्या गरी घरदेखि झण्डै एक किमीको दूरीमा रहेको प्रतीक्षा सामुदायिक वन परिसरमा खाल्डो खनी शव गाडिएको बताइएको छ।प्रहरी टोलीले गाडिएको शव आज उत्खनन गरी परीक्षणका लागि टीकापुर अस्पताल पुर्याएको छ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here