गायिका कल्पना कुशुम’को तीज गीत (सङ्गिनी)को जताततै चर्चा: भिडि योसहित ।

0
532

साउन १० काठमाण्डौ । हिन्दु नेपाली नारिहरूको महान पर्व तीज नजिकिंदै गर्दा नेपाली गीत सांगीतिक बजारमा धमाधम तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । त्यसै अनुरुप चर्चित गायिका कल्पना कुसुमको तीज गीत (सङ्गिनी) पनि बजारमा भित्रिएको छ ।
गायिका कुसुम बुटवलमा रहेर पनि नेपली गीत संगीतलाई मायाँ गरि बर्षेनी तीज गीत लिएर आफ्ना फ्यान दर्शक स्रोतामाझ आउने गर्दछिन् । यसै अनुरुप नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायीका कल्पना कुशुमले अहिले तीज कोसेली सङ्गिनी बजारमा ल्याएकी छिन् ।

गायिका कुशुमका यस भन्दा पहिला लेहङ्गा लगाउछु, शिवजीको दर्शन, रानी चरी लगायतका गीत हरु दर्सक स्रोतामाझ अत्याधीक चर्चामा रहेका गीतहरु हुन् । यिनै गीतको सफलता पछी अहिलेको तीजमा मौलिक विषय वस्तुलाई उठान गरी राजकुमार बगरको सृजना रहेको गीत कल्पना कुशुमको आबाजमा बजारमा आएको हो ।
उक्त तीज गीतमा राजकुमार बगरको शब्द, रोहीत सुवेदीको लय अनि कल्पना कुशुमको आवाज रहेको छ भने,गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । चर्चित मोडल उषा खड्गी र बाल कलाकार दिलसा रानी खनालको अभिनय रहेको छ ।
पुष्पाञ्जली म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको गीतमा निर्देशन निकेस खड्का, सम्पादन विकास धमला अनि र उत्तम हुमागाईको छायांकन रहेको छ ।

हेर्नुहोस मौलिक तीज गीत सङ्गिनी –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here