काठमाडौं । सरकारले दोस्रो वाइड बडी एयरबस ल्याएको छ । नेपाल वायुसेवा निगमको बिहीबार दोस्रो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेको छ । जसलाई ‘मकालु’ नाम दिइएको छ ।
निगमको पहिलो वाइड बडी विमान ’अन्नपूर्ण’ असार १४ गते काठमाडौं आइसकेको छ । निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हो ।
निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियो । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ ।