नेपाली चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो गीत सार्वजनिक : भिडियो सहित |

0
704

साउन १० काठमाण्डौ |‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ ।उडायो हावाले। बोलको रोमान्टिक गीतमा हर्कुलस र निकिता थापाको स्वर रहेको छ । चर्चित कोरियोग्राफर रेनाशा वान्तवा राई निर्देशित फिल्म मा नव(अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको छ ।

गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । यूकेका विभिन्न रमणीय स्थानहरुमा खिचिएको छ ।‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here