ब्रुस लीको ‘इन्टर द ड्रयागन’को रिमेक बन्दै

0
1770

सफल एक्सन ड्रामा फिल्म इन्टर द ड्रयागन को रिमेक गरिने भएको छ ।मार्शल आर्टस र एक्सन किङ्गका रुपमा विश्व भरि आज पनि उत्तिनै लोकप्रिय लि को २० जुलाई १९७३ मा ३२ वर्षको उमेरमा देहान्त भए पश्चात हलिउडमा ज्याकी च्याङ्ग, जेटली जस्ता थुप्रै दक्षिण पूर्वी एशियाका कलाकारहरु चम्किएतापनि लि जस्तो स्टारडम आज सम्म हासिल गर्न सकेका छैनन, न त हलिउड फिल्महरुमा लि को जस्तो र्माशल आर्टस र एक्सन नै पस्कन सकेका छन् । उज्यालो अनलाइन बाट

ली का फिल्महरु मध्य ‘फिस्ट अफ फ्युरी’ (१९७२), ‘द गेम अफ डेथ’ (१९७२) र ‘इन्टर द ड्रयागन’(१९७३) केही उत्कृष्ट फिल्महरु हुन् ।

ईन्टर द ड्रयागन (१९७३) को रिमेक डेडपुल २ (२०१८) र जन विक (२०१४) फेमस निर्देशक डेविड लिच ले गर्ने भएका छन । यद्यपी यस फिल्मका लागि कलाकारहरुको चयन भने भै सकेको छैन । तर फिल्म बजारमा भने ब्रुस ली को भूमिका कुन कलाकारले निभाउने अवसर प्राप्त गर्ने छन र के उनले ब्रुस ली को भूमिकालाई न्याय गर्न सक्ने छन् त ? भन्ने कौतुहलता बढेको छ ।

<iframe width=”360″ height=”203″ src=”https://www.youtube.com/embed/1t9ShjZnSxE” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here