गायक सुरज मादेन लिम्बूको”पानी है बग्यो पैनिमा “बोलको गीत सार्वजनिक

0
1362

नेपाली सांगीतिक क्षेत्रमा भविस्य खोज्दै संघर्षरत युवा गायक सुरज मादेन लिम्बूको सुमधुर स्वरमा सजिएको ‘पानी है बग्यो पैनिमा ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । फालेलुङ गाउँ पालिकाको वडा न. ३ थकेपुङ पाँचथरमा जन्मिएका गायक सुरज यति बेला पनि नेपाली सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत छन् ।

उनले अहिले सम्ममा विभिन्न गीतहरु गरेर दुई दर्जन बढी गीत रेकर्ड गरि सकेका छन् । यो भन्दा पहिले पनि आफ्नो भिडियोहरु सार्बजनिक गराई सकेका सुरज ले ईतिहासमै पहिलो पटक एक हजार च्याब्रुङ प्रयोग गरेर बनाईएको यो भिडियो ‘ छुई ख्याप ‘ एल्बममा रहेको ‘ पानी है बग्यो पैनिमा ‘ बोलको गीतको भिडियो नेपाली सांगीतिक क्षेत्रमै पहिलो पटक यति धेरै च्याब्रुङ प्रयोग गरेर बनाईएकोले यसले नेपाली सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्दै ईतिहास रचेको बताईएको छ ।

पुर्बको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो भिडियोको निर्देशन अहिलेका ब्यस्त युवा निर्देशक सागर केरुङ ले गरेका छन । नारायण तुम्बापो को शब्द मा बुद्ध राज लिम्बुले संगीत भरेका छन । गायक सुरज मादेन लिम्बुको सुमधुर स्वरले सजिएको यो भिडियोमा अनुपा नेम्बाङ्को मेक अपमा बबिता फोम्बो र मधु केरुङको अभिनयलाई मेघराज मगरातिले क्यामरामा कैद गरेका छन ।

ईतिहास मै पहिलो पटक एक हजार च्याब्रुङ प्रयोग गरेर बनाईएको यस भिडियो लाई Numa Production मार्फत यु ट्युव च्यानलमा सार्बजनिक गरिएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here