एकताका रणवीर कपुर’को प्रेममा रहेकी दिपिका : अहिले रणवीर सिंहसँगको प्रेममा छिन् |

0
453

साउन १० काठमाण्डौ | कुरा गरौं रणवीर कपुर र दिपिका पादुकोणको । एकताका उनी दिपिका पादुकोणसँग गहिरो प्रेममा थिए । उनीहरुको जोडीलाई धेरैे सह्राहना पनि गर्थे । तर केही समयपछि उनीहरु छुट्टएि, जसको कारण कसैलाई थाहा भएन ।

दिपिकापछि रणवीरले कट्रिना कैफसँग अफेयर चलाए भने अहिले आलिया भट्टसँग प्रेममा मग्न छन् । यता, दिपिका पनि खाली बसेकी छैनन् । उनको प्रेम अहिले रणवीर सिंहसँग छ र उनीहरुले यसै वर्ष बिहे गर्ने खबरहरु आइरहेका छन् ।

हालै एक अन्तरवार्तामा दिपिकाले रणवीरसँगको प्रेमको पाना पल्टाइन् । सो प्रेम किन टुटेको थियो भनेर बयान गरिन् । रणवीरको नाम नलिइकन उनले भनिन्, ‘त्यो प्रेममा मैले धोका पाएँ । मैले उसलाई अर्कै युवतीसित रंगेहात समातेँ । त्यसपछि हाम्रो सम्वन्ध तोडियो ।’

दिपिकाले थपिन्, ‘मलाई धेरैले भनिरहेका थिए कि उसले तिमीलाई धोका दिइरहेको छ । त्यसपछि मैले उसलाई एकपटक सम्झाएँ । उसले माफी माग्यो । र, मैले दोस्रो मौका दिएँ । तर उ सुध्रिएन । अनि त सम्वन्ध तोड्नुको विकल्प नै रहेछ ।’SOURCE ONLINEKHABAR|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here