बुगी वुगीकी कविता नेपालीले दर्शकको मन जित्दै उत्कृष्ट ३ मा : उनि घर पुग्दा खुशीको रुवाबासी, हेरौं भिडियो |

0
655

साउन ११ काठमाण्डौ | नेपालमा अन्तर्राष्ट्रिय रियालिटी शोकका फ़्रेञ्चाइज शोहरु संचालन भइरहेका छन्, जसले नेपालका प्रतिभावान व्यक्तिहरुलाई राम्रो प्लाटफर्म मिल्न थालेको छ । नेपाल आइडल संचालन गरेको एपवानले नृत्य तर्फ बुगी वुगी नामक रियालिटी शो संचालन गरिरहेको छ । बुगी वुगीकीकविता नेपालीले दर्शकको मन जित्दै उत्कृष्ट ३ मा आउन सफल भएकी छिन् । उनी आफ्नो मेहनतले मात्र नभई दर्शक, आफन्त, साथी तथा सम्पूर्ण शुभचिन्तकको साथ र मायाले गर्दा यहाँसममा आइपुगेको बताउँछिन् । उनि ८ महिना पछी आफनो घर पुग्दा देखियो यस्तो माहोल । भिडियो सहित :-

थर नेपाली भन्ने सुन्नासाथ तल्लो जात भनेर गरिने हेपाहा व्यवहार देख्दा भने उनलाई नराम्रो लाग्छ । जातिय मात्र नभएर उनलाई कुनै पनि खालको भेदभाव र कुसंस्कृति मन पर्दैन । कविता पहिले मार्सल आर्टकी खेलाडी थिइन्। मार्सल आर्टमा राम्रो सम्भावना बोकेकी कविताको खुट्टामा चोट लागेपछि उनले आफ्नो खेल करियरलाई अगाडी बढाउन नसक्ने भइन् ।

डाक्टरले उनलाई मार्सल आर्ट नखेल्न तर खुट्टालाई पुग्ने गरि शारीरिक अभ्यास गर्न सुझाव दिएका थिए । डाक्टरको सुझाव अनुसार, उनले नृत्य आफ्नो लागि उपयुक्त हुने ठानीन् र नृत्य प्रशिक्षण सुरु गरिन् । शारीरिक अभ्यासको रुपमा चुनेको नृत्यले अहिले उनलाई यहाँसम्म ल्याइपुर्याएको छ । उनी अझ मेहनत गरेर अझ अगाडी बढ्न चाहन्छिन् र भविष्यमा आभिनेत्री बन्ने सपना समेत बनेकी छिन् । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here