गायक रोशन वलीको सरकारी माया सार्वजनिक (हेर्नुहोस् भिडियो)

0
1395

तीज लागेर बजार तताई रहेको बेला नेपाली तीज बजारमा छुट्टै खाले तीज गीत बजारमा आएको छ । सरकारी जागिरेको कथा बस्तुलाई समेटिएको फरक खाले गीत नेपाली तीज गीतहरु मध्ये फरक र नौलो हो ।यस गीतलाई गायक रोशन वलीले शब्द सिर्जाना गरी लय र स्वर समेत आफ्नै रहेको छ।दर्जनौ गीत लेखिसकेका र गाई सकेका गायक तथा गीतकार रोशन वलीका तीज गीतहरु नि यो भन्दा पहिलेका गीतले राम्रै दर्शक तथा स्रोताको मन मुटुमा बसि सकेका छन् ।

अरुको सिर्जाना भन्दा बेग्लै खाले गीत लेख्ने र लय सिर्जना गर्न रुचाउने गायक रोशन वलीका लोक दोहोरी गीत समेत राम्रै चर्चा बटुलीरहेका छन् । अहिलेको तीज गीत सरकारी माया पनि टिपिकल खालको गीत हो । यस गीतमा शब्द लय रोशन वली स्वर पनि आफ्नै र यसमा साथ दिएका छ्न गायिका कुसुम हमाल र यस गीतको निर्देशन निशान एस के र अभिनय आरुसी मगर र निसान एसकेले गरेका छन् भने सो गीतलाई बजारमा ल्याउनु भएको छ गोरखा डिजिटल म्यूजिक प्रा.लि. कम्पनीले र बजारमा ल्याएको दिनैमा सो गीतको पब्लिसिटी र प्रतिकृया राम्रै आइरहेको छ । गाएक वलीका अन्य सेन्टिमेन्तल उडिस्क्यो सास मेरो “जवानी ” लुङ्री मादी जस्ता गीतहरु समेत छिट्टै बजारमा ल्याउदै छन् ।

र अहिले गोरखा डिजिटल म्युजिक प्रा.लि. धेरै चर्चामा आएको छ गोरखा डिजिटल म्युजिकले धेरै राम्रो Quality HD भिडियो निर्माण गर्दै आएको छ। कामहरु पनि धेरै आएको छन् तीज सकिने साथ धेरै म्युजिक भिडियोहरु बजारमा ल्याउने तयारीमा छन् । हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here