बिकाश थापा मगरको,चोट,मा प्रमोद खरेलको आवाज हेर्नुहोस् भिडियो

0
530

काठमाडौँ । पछिल्लो पटक नेपालि लोक तथा दोहोरी गीत होस् वा आधुनिक गीत , यी गीत संगीतहरु तयार गर्नमा कलाकारहरुले निकै मेहनत गर्न थालेका छन् । एउटा कुनै सफल कलाकार बन्नका लागि त्यस गीत भित्रको शब्द संगीत र स्वरको समायोजन पनि मिल्नु पर्दछ । अनि मात्रै राम्रो गीत बजारमा पठाउन सकिन्छ । यसैलाई मध्यनजर गर्दै भर्खरै मात्र सफलता म्युजिक प्रालिले “चोट” बोलको गीतलाई सर्बत्र बजारमा उपलब्ध गराएको छ ।

यो बिकाश थापा मगरको प्रस्तुति एल्बम “चोट” मा समाबेस शिर्ष गीत हो । प्रस्तुत गीतमा प्रमोद खरेको सुमधुर स्वर रहेको छ । कसैलाई मन देखि माया गरिन्छ र त्यो आफुले माया गरेको मान्छे टाढा भए पछिको वियोगान्त भाव समाबेस गरिएको यस गीतलाई विकास थापा मगरले लेखेका हुन् भने संगीत एच. रसाइलीले भरेका छन् ।

निकै उत्कृष्ट शब्द र संगीतको बान्कीमा बुनिएको यस गीतको म्युजिक भिडियोमा अनु शाह र गीतकार स्वयम् विकास थापा मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन ओम प्रसाईं र सम्पादन मिलन बि.क ले गरेका छन् । हेर्नुहोस् भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here