चलचित्र ‘मेरी मामु’को शीर्ष गीत ‘आमा’ सार्वजनिक

0
939

काठमाडौँ। चलचित्र ‘मेरी मामु’को शीर्ष गीत ‘आमा’ सार्वजनिक गरिएको छ । यम थापाले निर्देशन गरेको चलचित्रको यो गीतमा मार्मिक शब्द संयोजन गरिएको छ । गीतमा कल्याण सिंहको सङ्गीत, रबी मल्लको शब्द तथा रोहित जोन क्षेत्रीको स्वर रहेको छ ।

बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्रमा प्रेम गीत २ नायिका अश्लेषा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भूमिका रहने छ भने नेपालकी पहिली नायिका भुवन चन्द विशेष भूमिकामा रहने छिन् ।

रियल जोडीको कथामा निर्मित चलचित्र ‘बोबी’ कुवेतमा प्रदर्शन हुँदैकुवेत । नेपाली कथानक चलचित्र ‘बोबी’ कुवेतमा प्रदर्शन गरिने भएको छ।

नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको निम्ती उक्त चलचित्र यही आगामी अगस्ट १० तारिक शुक्रबार कुबेत को AL RAI, AVENUES MALL मा दिउँसो १ः३० बजे प्रदर्शन हुने भएको हो । त्यस्तै चलचित्रको दोस्रो शो कुवेतको फाहिल स्थित (अजीअल मल) मा दिनको ३ः ३० बजे प्रदर्शन हुने जानकारी दिईएको छ।निर्देशक तथा निर्माता मिलन चाम्सद्वारा निर्मित ‘बोबि’ले नेपाल प्रदर्शनबाट दर्शकको राम्रो प्रतिक्रिया पाईसकेको छ ।

समसामयीक तथा व्यवहारिक जीवनमा आईपर्ने कथावस्तुमा आधारित यो चलचित्रले आम नेपाल र नेपालीमा मात्र नभई विश्वका सबै नागरिकलाई जीवन जिउन तथा संघर्षका निम्ती एउटा सन्देश दिने निर्देशन चाम्स बताउँछन् ।नर्वेमा बस्दै आएका एक जोडी उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा बनेको चलचित्रमा उनिहरुकै अभिनय छ ।

नरेश भट्टराई र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्रमा नायक उमेश थापा, नायिका कविता गुरुङ, कलाकार विजय लामा, रुवी राणा शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।नेपालमा यो चलचित्र असारको २९ गतेबाट रिलिज भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here