सीता कुमारी तुम्बापो पंधाकको थात्थलो ट्रेलर सार्वजनिक

0
1090

पुर्बि नेपाल झापामा हुर्केकी सिताकुमारी तुम्बापो पंधाक नेपाली भाषा संस्कृति र कला क्षेत्रमा अभिरुची राख्ने र नेपाली कला जगतमा केही गर्छु भन्दै अघि बढेकी उनी अन्तत नेपाली कथानाक चलचित्र थात्थलो निर्माण गर्न सफल भएकी छिन । हङकङ र युके लाई कर्म थलो बनाएर कर्म गरिरहेकी उनी यो फ्लिम लगत्तै अर्को पनि फ्लिम निर्माण गर्ने कुरा बताउछिन् । सानै देखि कला संगीत लाई एकदमै रुचाउने उनी तर परिस्थिति बस वा आफ्नो सुनौलो भबिस्यको खोजीमा प्रदेशिनु पर्ने बाध्यता र छोराछोरी को सुन्दर भबिस्यको खातिर यहीँ क्षेत्रमा जम्न नपाए पछि केही समयको यो अन्तराल दुई वटा म्युजिक भिडियो मा अभिनय गरेको र थात्थलो निर्माण गर्न सफल भएको मा खुशी ब्याक्त गर्छिन्

निरन्तर पूरातन शैलीको कथामा बन्ने चलचित्रहरूको हुल भित्र बहूल चरित्र र पात्रहरू बोकेर फरक तर ठेट धारमा बनिएको चलचित्र ‘थात्थलो’को ट्रेलर सर्बजनिक भएको छ। थात्थलो एउटा यस्तो चलचित्र हो जहाँ आफ्नो भाषा शैली कला संस्कृति साथै पुख्र्यौली थात्थलो प्रतिको माया सम्मान र संबर्दन जस्ता संवेदनशिल कथाबस्तु हरु समेटिएर निर्माण गरिएको छ।

बहुप्रतिक्षित यो चलचित्रमा स्वायम निर्मात्री सीता कुमारी तुम्बापो पनि अबिनयमा उभिएकी छिन साथमा मुख्य भुमिकामा सुमी लिम्बू, कञ्चन थलङ, साथै किशोर कुमार लिम्बू, सज्जन श्रेष्ठ, आयुशा लिम्बुखिम, नबिन लिम्बू, सन्जय लिम्बू, दुर्गा लिम्बू पंधाक जयसन लिम्बू आदिको प्रमुख भूमिका रहेको छ । खगेन्द्र पन्धाक लिम्बूको लेखन-निर्दैशनमा रेन्बो रेज म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित ‘थात्थलो’मा बिबी लिम्बूले प्रमुख सहायक निर्देशनको काम गरेका छन् भने किशोर कुमार लिम्बू, (पंधाक )सिता कुमारी तुम्बापो र खगेन्द्र पंधाक लिम्बू निर्माता रहेका छन् ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङका उच्च पहाडी सुन्दर क्षेत्रमा छायाङ्कन गरिएको यो चलचित्र खगेन्द्र पंधाक लिम्बू, बिबी लिम्बू, नबिन लिम्बू र सन्जय लिम्बूले छायाङ्कन गरेका छन् भने ड्रोन छायाङ्कन मेघराज मगरातीले गरेका छन । खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू र पर्शु लिम्बू(थलङ)ले सम्पादन गरेका छन ।शब्द-सङ्गीत पनि खगेन्द्र पन्धाक लिम्बूको रहेको छ भने अबिर लिम्बू पंधाक अमृता सम्बाहाम्फे लिम्बू, सुस्मा लिम्बू र सञ्जय लिम्बूको पार्स्वगायन रहेकोछ । सङ्गीत संयोजन गणेश गुरुङको रहेकोछ । साउन ७ गते यो चलचित्रको अफिसियल ट्रेलर सार्बजनिक भएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here