एजेन्सी । भिडियो गेम खेल्नका लागि एक युवकले सुन्दर प्रेमिका अर्थात वल्र्ड सेक्सियस्ट वेदर गर्ल लाई ब्रेकअप दिएका छन्।युट्युब स्टार डौग्लास ‘फेज सेन्सर’ मार्टिन नामका युवकले एक भिडियोमार्फत खेलमा पूरा समय र ध्यान केन्द्रित गर्नका लागि आफूले आफ्नी सेक्सी प्रेमीका यानेत ग्रासियालाई ब्रेकअप दिएको खुलासा गरेका हुन्।
उनले कल अफ ड्युट नामको भिडियो गेम खेल्नकै लागि प्रेमिकासँग ब्रेकअप लिएका हुन्। उनले १० मिनेटको भिडियो शेयर गर्दै मोडल तथा टेलिभिजन स्टारसाग ३ वर्षको प्रेम सम्बन्धबाट हात झिकेको बताएका थिए। उक्त भिडियो अहिए लाखौँ व्यक्तिले हेरिरहेका छन्।
उनले भडियोमा भनेका छन्, ‘यानेत र मबीच अब कुनै प्रकारको सम्बन्ध छैन,’ यानेत उत्कृष्ट महिला हुन् । उनी निकै सुन्दर छिन्, स्मार्ट छिन् र उत्कृष्ट प्रेमिका थिइन्।मैले यो भनिरहँदा तपाईंहरुलाई निकै अचम्म लाग्ला मलाई जे ठिक लाग्छ, त्यो गर्छु ।’ उनी ३ वर्ष अघि यानेतलाई भेटन मेक्सिकोबाट अमेरिका पुगेका थिए। सम्बन्ध रहेपछि उनी न्यूयोर्कमा बस्न थाले ।आफू अत्यधिक भिडियो गेम खेल्ने भएकाले अब टाढाको सम्बन्ध कायम राख्न उनका लागि निकै गाह्रो हुने बताएका छन्।