नागलाई मारेको १२ घण्टापछि युवकलाई नागिनले लियाे ,बदला,,,

0
548

नागलाई मारेपछि नागिनले मार्ने व्यक्तिसँग बदला लिएको कहानी हामीले फिल्ममा देखेका छौं । यस्ता घटना वास्तविक जीवनमा पनि हुन्छन् भन्ने कल्पना गरिन्छ । तर, वास्तविक जीवनमै नागिनले बदला लिएको रोचक घटना सार्वजनिक भएको छ ।

घटना भारतको चण्डीगढको हो । यहाँ ३२ वर्षका शंकर नामका युवकको घरमा बिहीबार राती नागको जोडी आएको थियो । एउटालाई शंकरले मारिदिए भने अर्को बचेर भाग्यो । सबैले अर्को सर्पलाई खोजे तर सर्प भेटिएन । सर्प नभेटिएपछि राती सबै सुते ।

शुक्रबार बिहान शंकर उठेर बाहिर निस्किन लाग्दा उनको खुट्टामा सर्पले डस्यो । शंकरको अवस्था गम्भीर रहेको बताइएको छ । सुरुमा उनाई पंचकुलाको सिभिल अस्पताल लगिएको थियो । यसपछि उनलाई जीएमसीएच अस्पताल रिफर गरियो । परिवारका अनुसार उनीहरुले डस्ने सर्पलाई नमारी उसलाई समातेर सपेरालाई दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here