चलचित्र ‘रुद्र’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

0
542

एक्सन स्टार निखिल उप्रेतीले निर्माण तथा अभिनय गरेको चलचित्र “रुद्र” युटुबमा सार्वजनिक भएको छ । यो चलचित्रमा भने निखिल उप्रेती नायक नभएर खल नायकको भूमिकामा देखिएका छन् । अझ भनु पर्दामा निखिल भिलेन अवतारमा देखिएका छन् ।

चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा निखिलका साथमा सारा, विश्व शर्मा, रोयदिप श्रेष्ठ, जितेन लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

सौरभ लामाको छायांकन रहेको चलचित्रमा दिनेश सोनाम र निखिलको संगीत रहेको छ भने हिमाल केसीको एक्सन र वनिश शाहको सम्पादन रहेको छ ।रामजी लामिछानेको कोरियोग्राफी रहेको यस चलचित्रलाई जोमसोम, नारायणगढ, कोहलपुरी, कर्णाली लगायतका रमणीय स्थानमा खिचिएका छन् ।हेर्नुहोस् पूरा चलचित्र :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here