मान्छे किन हुन्छन् कोही काला, कोही गोरा?

0
599

एजेन्सी । मान्छेको शरीर कालो र गोरो भन्दै जताततै टिप्पणी हुने गर्छ। जसले काला मान्छे जताततै अपमानित हुने गर्छन्। कालो र गोरो हुनुको कारण नै थाहा नपाइ समाजले बिभेद गरेको हुन्छ।छाला कालो र गोरो कसरी हुन्छ भन्ने कुराको शाब्दिक अर्थ यस्तो छ, ‘मान्छेको शरीरमा मेलेनिन नामक पदार्थ हुन्छ, जसले छालाको रंग निर्धारित गर्छ। सूर्यको प्रकाशको पराबैजनी किरणको सम्पर्कमा आउँदा मेलेनिन शरीरको कोशिकाबाट अत्यधिक मात्रामा निस्कन्छ र छाला कालो हुन्छ।’

शरीरबाट मेलेनिन धेरै उत्पन्न नभएमा छाला गोरो हुन्छ। यही कारणले नै हामी गोरा र काला भएको चिकित्सकहरुको लामो अध्ययनले पत्ता लागेको हो।बच्चालाई कुपोषण हुँदा उसका मांसपेशीहरू लगातार कमजोर हुँदै जान्छन्। यस्तो अवस्थामा बच्चाको शरीरमा भिटामिन डीको उत्पादन बन्द हुन्छ र छालाको रंग बदलिन्छ।आनुवंशिक कारणले पनि छाला गोरो कालो हुन्छ। आमाबुवाको जस्तो रंग छ, छोराछोरीको पनि त्यस्तै रंग हुन्छ। यसमा वातावरणको पनि प्रभाव पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here