अमेरिकामा लुटेराले अन्धधुन्ध चलाएको ८ गोलीले रचना श्रेष्ठ घाईते,अवस्था चिन्ताजनक

0
483

अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली आठवटा गोली लागेर घाइते रचना श्रेष्ठको उपचारका लागि सहयोग संकलन थालिएको छ ।गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा एक लुटेराले गोली हानेका हुन् ।

उनको गाला, पिठ्युँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा आठवटा गोली लागेको र उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनका श्रीमान् कपिल श्रेष्ठले जानकारी दिएका छन् ।आठवटा गोलीमध्ये पाँचवटा गोली निकालिएको कपिलले जानकारी दिएका छन् । रचनाको टल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको उनका श्रीमान् कपिलले जानकारी दिएका छन् । उनको उपचारका लागि कपिलले सहयोगको अपिलसमेत गरेका छन् । भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here