निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित “नाच फिरिरि” सार्वजनिक

0
803

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित “नाच फिरिरि” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । बिभिन्न समयमा यो जोडी एक साथ चलचित्रको पर्दामा आउने कुराले चर्चा पाईरहेको हुन्छ । अन्तत यो जोडिले पहिलो पटक म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् ।

जि २१ डिजिटलको प्रस्तुती रहेको गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द संगित रहेको गीतलाई रिकेश गुरुङ किजले म्युजिक एरेन्ज गरेका हुन् । पोखरा आसपासका बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैले निर्देशन गरेका छन् ।

भिडियोमा निश्चल र स्वस्तिमाको साथमा क्रिस्टल क्लज डान्स क्रिउ फिचर भएका छन् । जिटुवान डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत गित सार्बजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here