बलिबुड नायक अजय देवगन”को फिल्ममा सैफ अलि खान भिलेन |

0
566

साउन १३ काठमाण्डौ | बलिबुड नायक अजय देवगन पछील्लो समय संगैका साथीले झै ब्लक्बास्टर फिल्म दिएर धमान नमच्चाएपनी फाट्ट फुट्ट फिल्म बेला बेलामा गरिरहेका हुन्छन् । उनी फेरी नयाँ फिल्म मार्फत दर्शक सामु आउदैछन् । उनले गर्ने भनिएको फिल्म ‘तानाजी’ बहुप्रतिक्षित बनेको छ । ‘तानाजी’ एक बायोपिक फिल्म हो, जुन निकै ठूलो बजेटमा बन्नेछ । मिडिया रिपोर्ट अनुसार यो फिल्मको भिलेन सैफ अली खान हुनेछ ।

फिल्ममा सैफले उदयभान राथौडको भूमिका निभाउनेछन् । फिल्ममा अजयले मुख्य भूमिका अर्थात तानाजी मालसुरेको भूमिका निमाउनेछन् । यि दुई यो भन्दा पहिले पनि एक साथ काम गरिसकेका छन् । यो फिल्म ‘थ्री डी’मा रिलिज हुने बुझिएको छ ।

‘तानाजी’ अजयको ड्रिम प्रोजेक्ट हो र यसको बजेट १५० करोड हुनेछ । फिल्ममा भिएफएक्सको प्रयोग गरिनेछ । फिल्ममा अजय पत्नी काजोल समेत रहने भारतीय मिडियाले उल्लेख गरेको छ । अजय र काजोल ८ बर्षपछि ठूलो पर्दामा एकसाथ देखिने भएको हो । फिल्म २०१९ को दिपावलीमा रिलिज हुनसक्नेछ । फिल्मको सुटिङ अक्टोबारबाट सुरु हुनेछ । फिल्मका बाँकी स्टारकास्टको नाम चाँडै घोषणा गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here