अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी, ५ जनाको मृत्यु |

0
620

साउन १३ काठमान्डौ | अमेरिकाको अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा भयावहको स्थिति पैदा भएको छ । सो आगलागीबाट हालसम्म पाँच जनाको मृत्यु भएको छ ।

आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ । सो आगलागीका कारण १७ जना सम्पर्कविहीन भएका दशौं हजार मानिसहरु विस्थापित भएका छन् ।

गलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु खरानी हुने खतरा रहेको जनाइएको छ । आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ जुन सान फ्रान्सिस्को क्षेत्रफलभन्दा धेरै हो ।स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here