गायिका देबी घर्ति मगर र राजु ढकाल सुस्मिता घर्तिको”आमा पियारी सासु नजाती” सार्वजनिक

0
1046

नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी यस सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । यसै क्रममा गीतकार समीर प्रकाश पाण्डेको यथार्थता तीज गीत”आमा पियारी सासु नजाती”बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।

हिमाल पोष्ट मिडियाको प्रस्तुतिमा देबी घर्ति मगर र राजु ढकाल सुस्मिता घर्तिको आवाजमा रहेको गीतमा समिर प्रकाश पाण्डेको उत्कृष्ट शब्द रहेको छ भने राजु ढकालको लय रहेको छ। दुर्गा पौडेलले छायाकन र निर्देशनमा नबिन घर्ति मगरको सम्पादन रहेको छ ।

फरक बिषयबस्तु र समाज वरिपरि घट्ने घटनालाई समेटेर तयार गरिएको छ । उत्कृष्ट शब्दको प्रयोग रोचक तरिकाले भिडियोमा उतारिएको यो गीतको भिडियो उत्तिकै प्रसंसा योग्य बनेको छ । हास्य कलाकार शुसिला निरौला (बिमली), उज्वल गिरि अभिनित रहेको नेपाली लोक पाराखिहरुका लागी अत्याधिक मन पर्ने निर्माण पक्षको भनाइ छ। 
हेर्नुहोस् भिडियो;

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here