दुर्घटना बाट एकै गाउँका तिन जनाको मृत्यु : पुरै गाउँ शोकमा डुब्यो|

0
503

साउन १५ काठमाण्डौ । चितवन भानु नगरपालिका यतिखेर शोकमा डुबेको छ । चितवनको चुम्लिङटारमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै परिवार तीन सदस्यको शव आइपुगेपछि भानु नगरपालिका १ भन्सार गाउँ शोकमा डुबेको हो ।

भरतपुर अस्पतालको शव गृहमा एक रात राखेर शवलाई मृतकहरुको पुर्ख्यौली घर भन्सार पुर्याइपछि गाउँ शोकमा डुबेको हो । ८ बर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका विष्णुकुमारकी ४७ वर्षीया श्रीमती कमला श्रेष्ठ, २७ बर्षका छोरा सुमित र १९ बर्षकी छोरी कविनाको चुम्लिङ्टार बस दुर्घटनामा परेर मृत्यु भएको थियो ।

घाइते विष्णुकुमार चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत छन् । छोरा सुमितको अस्ट्रेलियाको भिसा लागेको थियो । अस्ट्रेलिया जानुअघि मनकामनाको दर्शन तथा आफन्तलाई भेटेर घर फर्केका सुमितसहितको दुर्घटनामा निधन भएको हो । एकचोटी तीनजनाको शवहरुलाई अन्तिम संस्कार लागि घाटतर्फ लैजान खोज्दा गाउँ शोकमा डुबेको हो ।ओ एस नेपाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here