गायिका रितु कँडेलको ‘विदेशी भूमी’ बोलको तीज गीत सार्वजनिक : भिडियो सहित |

0
1003

साउन १५ काठमाण्डौ | नेपाली नारीहरुको महान चाड नजिकिंदै गर्दा तीज गीत सार्वजनिक हुने लहरनै चलेको छ | त्यसै क्रममा
‘स्टेज क्वीन’ गायिका रितु कँडेलको स्वर तथा शब्दमा रहेको ‘विदेशी भूमी’ बोलको तीज गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।

गायिका रितु कँडेल नेपाली संगित क्षेत्रकी एक अब्बल कलाकर्मी हुन् । प्रत्यक बर्ष जसो तीज गीत बजारमा ल्याउने रितुले यसपाली पनि तीज पर्वको मौलिकतालाई उसैगरि गीतमा समावेश गरेर उतारिदिईन् । यो गीतमा रितुको आवाज संगै उनकै शब्द समावेश छन् भने, लय संकलन अर्जुन सुनामले गरेका छन् । तीजको मौलिक नृत्य समावेश गरेर तयार पारेको भिडियोमा रिचा थापाले उत्कृष्ट नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोको निर्देशन पनि गायिका रितुले नै गरेकी छिन् ।

उक्त गीतको भिडियोलाई जनता फिल्मसको प्रस्तुति रहेको गीतको भिडियोमा ऋचा थापा र टिम फिचर्ड छन्। भिडियो बासु बरालले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

त्यसोत, अहिले नेपाली संगित क्षेत्रको बजार तीज गीतले तातेको छ । एकसे एक कलाकारहरु अहिले तीज गीत निर्माण र सार्वजनिक गर्नमै व्यस्त देखिन्छन् । त्यसोत, तीजमा तीज गतिको अति महत्व रहन्छ । माईति र चेलीको सम्वन्ध स्थापीत गर्ने यो पर्वलाई गीती भाकाहरुले समेत उत्तिकै रौनक थपिदिने गर्दछन् ।

भिडियो…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here