राजधानी नयाँ दिल्लीमा गोली प्रहार गरि ४० लाख रुपैयाँ लुटियो |

0
466

साउन १५ काठमाण्डौ | भारतको राजधानी नयाँ दिल्लीमा गोली प्रहार गरि ४० लाख रुपैयाँ लुटिएको छ । दिल्लीको केशव पुराम क्षेत्रमा दुई व्यक्तिमाथि गोली प्रहार गरेर ४० लाख रुपैयाँ लुटिएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।

भारतीय प्रहरीकाअनुसार मेडिकल कम्पनीका दुई कर्मचारीले संकलन भएको ४० लाख नगद लिएर हिँडेका बेला उनीहरुमाथि गोली प्रहार भएको हो । मेडिकल कम्पनीका तेजपाल र राजकुमारमाथि गोली प्रहार गरेर पैसा लुटिएको हो ।स्रोत ओ एस नेपाल |

राजकुमारको पेटमा गोली लागेको छ । जसको अप्रेशन भएको छ । तेजपालको गर्धनमा गोली लागेको छ । उनको गर्धनमा लागेको गोली निकाल्ने काम भइरहेको छ । दुवैको म्याक्स अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here