हैट हँसाएरै मार्ने भयो, हाँस्य कलाकार विष्णु जी पाण्डे (माईला)बा को तीज गित “पुन्टे भुडि”ले : हेरौं भिडियो |

0
813

साउन १५ काठमाण्डौ । चर्चित हाँस्य कलाकार विष्णु जी पाण्डे (माईला) बा ले तीज गित संग्रह “पुन्टे भुडि” बजारमा ल्याएका छन । मनोरञ्चनात्मक तीज गितमा कलाकार विष्णु जी पाण्डे (माईला बा) का एकल स्वर रहेको छ ।
गुरुआमा फिल्मस् प्रा.लि बाट बजारमा आएको तीज गितमा मौलिक शव्दहरु रहेका छन । “तीजैमा मुखै मिठो चिल्ला खाजा सरप्प, पुन्टे भुडि भोर्छु मैले ध्यूले चरप्प” जस्ता शव्दहरु यस गितमा रहेका छन । शव्द, संगित, लय तथा अभियन समेत गरेका पाण्डेले मौलिक शव्दहरु समाबेश (पुन्टे भुडि)ले दर्शकको मन छोएको बताए । पछिल्लो समय तीजका गितमा विकृती भएको भन्दै उनले आफ्नो गितमा गाउघरमा चलेको भाका र लयमा शव्दहरु बनाएर गित बजारमा ल्याएको
बताए ।
‘पुन्टे भुडि’ तीज गितमा सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन, स्मृति तिमिल्सीना (गुरु आमा)को निर्देशन रहेको छ । आफ्नो ४ महिनाको छोरा महर्षि पाण्डे र श्रीमती शोभा पाण्डेले समेत यस भिडियोमा अभिनय गरेका छन ।
बुटवलको लुम्बिनी सामुदायिक टेलिभिजनका कार्यक्रम निर्देशक समेत रहेका पाण्डेले यस अघि फसे बरिलै, भुल्के चौर र आटाको दर लगाएतका तीज गितहरु बजारमा ल्याएका छन । वि.स. २०५८ सालमा नेपाल टेलिभिजन बाट प्रसारित मेगा सिरिएल “बंश” बाट अभिनय यात्रा सुरु गरेका पाण्डेले गहना, हाम्रा माईला बा, ए माईलाबा, झट्का, कर्मचक्र लगाएतका सिरिएलमा अभिनय गरिसकेका छन ।

कानुन, भोजपुरी चलचित्र, सुव्वासाब, मञ्जरी, रित्तो सिउँदो, नारीको ईज्जत, द रेप, माई ब्रोद्रर, लगाएतका चलचित्रमा उनले काम गरिसकेका छन । हास्यव्यङग क्षेत्रमा सयौ स्टेज चढेका पाण्डे व्यङ कविता समेत प्रस्तुत गर्ने गर्दछन ।

माइला बा हजुरलाई melodynepaltv को तर्फ बाट साङ्गितिक भविस्यको लागि शुभकामना |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here