चलचित्र:मेरि मामु,को प्रतियोगीतामा भाग लिनुस् भाग्यमा भए थाईल्याण्ड टुर जानहोुस् ।

0
1696

निर्माता सन्तोष शेनले चलचित्रको प्रचार शैलाीलाई फरक फरक रुपमा प्रस्तुत गर्ने निर्माता मा पर्ने गर्दछन् उनले सधै जसो चलचित्रको प्रचार शैलीलाई फरक रुपमा प्रस्तुत गर्ने गर्दछन् र यहि भाद्र २५ गते बाट अलनेपाल रिलिज हुने चलचित्र मेरी मामुको प्रचार शैली लाई पर्नि फरक रुपमा प्रस्तुत गर्ने प्रयास गर्दै ५ आमालाई थाईलान्ड टुर लैजाने ब्यबस्था गरेको छ । बाल मनोविज्ञानमा आधारीत रहेर आमा र छोरा विचको दुरी, अटुट माया र सामिप्यताको गहिराई केलाएर काठमाण्डु देखी देवघाट् सम्मको टुरमा मामु छोरा को सामिप्य र उत्तरचडाप संगै तयार पारिएको मेरी मामु चलचित्र मार्फत आफ्नो मामु संग थाईल्याण्ड सम्मको यात्रामा जानुहोस र बिभिन्न किसीमको अनुभवहरु संगालनुहोस अझ धेरै सामिप्यता बढाउनुहोस् भन्ने मुल नाराका साथ मेरी मामुले प्रचार शैली लाई अगाडि बढाएको हो ।

तोकिएको फर्म्याटमा आफ्नो मामुको बारेमा लेख्नुहोस भनिएको छ । सो फर्म अनुसार प्रतियोगिहरुले आफ्नो आमाको बारेमा मनछुने बाक्यांश लेख्नु पर्ने छ । सहभागीहरुले फर्ममा उल्लेख गरे अनुसार आ९आफ्नो जानकारी सहित २५० शब्दमा नबढाई बाक्यांश लेखेर स्कुल स्कुलमा राखिएको संकलन बक्समा खसाल्नु पर्ने छ । अथवा सिधै आसुसेन फिल्म् मा पठाउनुपर्नेछ ।सहभागीहरुको माझमा चलचित्रका मुख्य कलाकार आयुब सेनले उत्कृष्ट ठहरिने पॉचजना मामु बाबु,नानीलाई विजेता घोषित गर्नेछन र यसको जानकारी सम्बन्धित मुडिया,मेरी मामु र आशुसेन फिल्मसको फेशबुक लाईभ् द्धारा जनकारी गराईने छ ।

विजेतालाई फोन सम्पर्क पनि गरिनेछ र विजेता स्वयं आशुसेनको कार्यालयमा आई उपहार संकलन गर्न सक्नेछन । प्रतियोगितामा कक्षा १ देखी १० सम्मका भाईबहिनिहरुले मात्र भाग लिन सक्नेछन । विजेता पॉचजना आमा छोरा या छोरीलाई थाईल्याण्डको भ्रमण गराईने जानकारी निर्माता सन्तोष सेनले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here