अभिनेता आर्यन सिग्देलले अभिनय तथा निर्माण गरेको चलचित्र ‘कायरा’ यहि १८ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ। यतिबेला ‘कायरा’का मुख्य दुई कलाकार अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह प्रचार प्रसारको लागि सोमबार चितवन आइपुगेका छन्।
आर्यन सिग्देल इन्टरटेनमेन्ट र आर एण्ड आर प्रोडक्सनको चलचित्रमा आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने र मरिष श्रेष्ठको अभिनय रहेको छ।
राजकुमार भट्ट कार्यकारी निर्माता रहेको उक्त चलचित्रको निर्देशन लक्ष्मण रिजालले गरेका छन्। शिवराम श्रेष्ठ (आशिकी)को छायाङ्कन रहेको ‘कायरा’ चलचित्रको कथावस्तु नायक आर्यन सिग्देलले लेखेका छन्। जसमा पटकथा संवाद केदार भुसालको रहेको छ भने चलचित्रको कोरियोग्राफी प्रविण सिंहले गरेका छन्।