चलचित्र “नाई नभन्नु ल–५” यतिबेला जति चर्चामा

0
684

काठमाडौँ। विकास आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल–५’ यतिबेला जति चर्चामा छ त्यतिकै चर्चा कलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको पनि छ । नाइ न भन्नु ल का लगभग सबै सिरिज हिट फिल्मको कोटीमा पर्न सफल भएका छन् । अहिलेसम्म निर्माण भएका सबै सिरिजमा कलाकार अनुभव रेग्मीले निरन्तर काम गर्दै आएका छन् । निर्देशक आचार्यले यि सबै सिरिजमा अनुभव र फिल्मका सङ्गीत पक्ष एक किसिमको ब्रान्ड बनिसकेको कुरालाई स्वीकार समेत गरेका छन् । ‘नाई नभन्नु ल–५’ मा यतिबेला अनुभवसँगै सेड्रिनाको पनि उतिकै चर्चा छ । कतिपयले अनुभव र सेड्रिनाको प्रेम प्रसङ्गलाई समेत चर्चामा ल्याउने गरेका छन् ।

यो फिल्मको धेरैजसो छायाङ्कन इलाम र झापामा गरिएको छ । इलामको चियाबारी भने पछि मन नपराउने सायदै होलान् । तर, कलाकार अनुभवले आफूलाई भने इलाम र झापा भन्दा पनि सेड्रिना मन परेको आफ्नो भनाई समेत सार्वजनिक गरिसकेका छन् । उता सेड्रिनाले भने आफूहरूलाई देखेर सबैजना हाँस्ने गरेको मात्रै बताउँछिन् । दुवैजनाले सुटिङको कारण आफूहरूबीचको फ्रेन्डसिप निकै मौलाएको बताए ।

आफूहरुबीच दिदी भाइको सम्बन्धको प्रेम भएको दुवैजनाले स्वीकारे । उनीहरूको बीचमा कहिलेकाँही झगडा समेत हुने गरेको उनीहरूले सम्झिए । अनुभवलाई सेड्रिनाको झर्किने बानी पटक्कै मन पर्दैन रे । यि दुवैजना फिल्मको ‘फनफनी’ घुमेर बोलको गीतमा छमछमी नाच्दै गरेको भेटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here