विमल घर्तीसहित पाँच खेलाडीलाई एन्फाले गर्ने भयो कारबाही !

0
453

काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिप फुटबलको बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी र टिमका व्यवस्थापकमाथि अनुशासनको कारवाही हुने भएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई डिस्को गएर मादक पदार्थ सेवन गरेको आरोपमा ७२ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पा तथा व्यवस्थापक बाबुकाजी बस्नेतसँग लिइएको मौखिक जवाफ चित्त नबुझेकाले ७२ घण्टाभित्र लिखित जवाफ दिन निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले बताए ।उनले लिखित जवाफ पनि चित्त नबुझे के कार्वाही गर्ने भन्नेबारे छलफल हुने बताए ।

खेलाडीहरुले गत शुक्रबार राति डिस्को गएर मादक पदार्थ सेवन गरी होहल्ला गरेको सार्वजनिक भएपछि एन्फाले स्पष्टिकरण लिएको हो ।एन्फाले होस्टल वार्डेन टक्कर थापालाई तीन दिनको र सेक्युरिटी कम्पनीलाई सात दिनको समय दिएको छ ।-राजधानीडेली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here