रसुवामा दुर्घटनहुँदा तीनको मृत्यु, एक घाइते

0
461

रसुवा: रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेशी दक्षिण याङयाङ खोलामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।धुञ्चेबाट टिमुरेको लागि गइरहेको ना ६ ख ४९२९ नम्बरको डिब्बा दुर्घटना हुँदा त्यसमा रहेका ४ जनासहित डिब्बा सडकबाट करिब २ सय मीटर तल पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइकुण्ड गापा वडा नं. ६ धुञ्चेका इमकङ निवासी एउटै टोलमा बसोबास गर्ने व्यक्तिहरू परेका छन् । मृत्यु हुनेमा कन्टेनर चालक अन्दाजी २५ वर्षीय राम विक, ३० वर्षका माइले तामाङ र ३२ वर्षका साङ्गे लामा तामाङ रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते नरेश मल्लको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डा.सहित काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । हेलिकप्टर माग गर्दा प्रतिकूल मौसमले साथ नदिएपछि र एम्बुलेन्स पनि व्यवस्था हुन नसकेपछि जिपबाट काठमाडौं रिफर गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

दुर्घटनाको कारण भने अझै पत्ता लागेको छैन । सहज ठाउँबाटै भएको दुर्घटनाले आफूलाई अचम्मित पारेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताए ।

उपचारमा संलग्न डा. प्रकाश केसीका अनुसार घाइते मल्लको टाउको र दुवै खुट्टा गम्भीर चोट पुगेका भेटिएको छ ।यस आर्थिक वर्षको सुरुवातमै टिमुरेको पहिरोबाट ९ र दुर्घटनाबाट ३ गरी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here