साउन १६ काठमाण्डौ । उक्त बिमोचन समरोह कार्यक्रममा बिजनेस मेन एस के दाहाल, बरिष्ठ संगीतकार बीबी अनुरागी, चर्चित गायक कमल खत्री ,दर्पण राई जस्ता दिग्गज व्यक्ति लगायत विभिन्न मिडियाकर्मी बीच उक्त बिमोचन समारोह सम्पन्न भएको थियो ।
बिशेष अतिथिमा संगीतकार ‘बीबी अनुरागी’ले आफ्नो मन्तव्यमा गायकी र भिडियोको बारेमा बोल्दै सबैलाई शुभकामान दिई गीतको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो, कार्यक्रममा उक्त एल्बममा समाबेश उदाउँदाको बिहानी बोलको गीतको भिडियो लन्च पनि पनि गरिएको थियो ।
साथै कार्यक्रममा विभिन्न मिडिया कर्मी गेस्ट अतिथि लगायत २० जनालाई मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो । सार्वजनिक गरिएको गीतमा विजय सिंह र स्वरुपा रसाईलिको आवाज,गायक विजय सिंह,को संगीत,पूर्ण सिंह’को शब्द,राकेश सोनी’को संगीत संयोजन ,देबेन्द्र कुँवर’को निर्देशन ,जनकराज अधीकारी’को छायांकन ,गोबिन डायमन्ड’को भिडियो सम्पादन रहेको छ भने, उक्त गीतको भिडियोमा पुस्कर दाहाल र ऋतु तामाङ’को दमदार अभिनय रहेको छ ।
त्यसै गरी गीतको भिडियोलाई songs नेपालको युट्युब च्यानल बाट अपलोड गरिएको छ । बिमोचन समारोह कार्यक्रम लाइ हरी पंगेनी (भावुक)ले कार्यक्रमलाइ संचालन गर्नु भएको थियो ।