बहुप्रतिक्षित एक्शन लभ स्टोरी फिल्म जय शम्भुको ट्रेलर सार्वजनिक: भिडियो सहित ।

0
499

साउन १६ काठमाण्डौ | भदौं १ गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षित फिल्म जय शम्भुको ट्रेलर सार्वजनिक भएको छ । फिल्म जय शम्भु निर्माण टिमले आईतवार ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पछिल्लो समय निकै चर्चामा रहेको कलाकारद्धय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको द्वन्दलाइ देखाईएको छ ।

फिल्मको ट्रेलर पूर्ण एक्शन फ्लेवरमा सार्वजनिक गरिएको छ । यस अघि फिल्मको टिजर र गीत सार्वजनिक गरिएको थियो । टिजर र गीतबाट फिल्मको प्रचार तिब्र भएको छ । अनुप विक्रम शाही र प्रशान्त ताम्राकार एउटै फिल्ममा देखिएको कारण पनि फिल्मप्रति दर्शकको आशा थपिएको हो । फिल्म ऐश्वर्य पछि प्रशान्तको जय शम्भु दोश्रो फिल्म हो ।

ट्रेलरमा प्रशान्त र अनुपको अलवा बर्षा शिवाकोटी पनि फिचरिङ छिन् । अनुमानित गरिएको समय र बजेट भन्दा निकै गुणा बढि बजेटमा तयार भएको जय शम्भु एक्शन लभ स्टोरी फिल्म हो । एक्शनको पार्टबाट फिल्मले केही नयाँपन दिन खोजिएको फिल्मका निर्देशक रुपेश तामाङले बताएका छन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेका छन् । यस्तै सह निर्माताहरु कुशल शर्माा र शिक्षा काफ्ले हुन् । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना आदको मूख्य भुमिका रहेको छ । फिल्मलाई राजधानीमा बिके फिल्मका गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्ने भएका छन् ।

ट्रेलर सार्वजनिकसँगै फिल्मका निर्माण टिमले राजधानी र राजधानी बाहिरको लागि फरक फरक प्रचार कार्यक्रम तय गरिएको छ । देशैभर ९० भन्दा बढि हलहरुबाट फिल्म जय शम्भु रिलिज हुन लागिएको वितरक कम्पनिले जनाएको छ ।ओएस नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here