सबैभन्दा महंगाे एक्शन फिल्ममा हृतिक राेशन र टाइगर श्रफ दखिने |

0
230

साउन १६ काठमाण्डौ | बलिउडकाे अहिले सम्म कै सबैभन्दा महंगाे एक्शन फिल्ममा हृतिक राेशन र टाइगर श्रफ दखिने भएका छन् । फिल्म यशराज फिल्मस ब्यानरमा बन्न लागेकाे हाे । यहि वर्षकाे सितम्बर देखि फ्लाेरमा जाने उक्त फिल्म २०१९ काे अगस्त २ मा रिलिज हुनेछ । फिल्मकाे नाम अझै सार्वजनिक गरिएकाे छैन ।

याे फिल्ममा एक्शनलाई निकै प्राथमिकता दिइएकाे छ । यसकै लागि अन्तर्राष्ट्रिय काेरियाेग्राफरहरु अाउने भएका छन् । एंडी अार अार्म्सटंग र मिस्टर अाेहले फिल्मकाे एक्शन पक्ष हेर्नेछन् । दुवै एक्शनका लागि विश्वमै प्रख्यात व्यक्तित्व हुन् । एंडी हलिउडमा धेरै हिट फिल्मकाे एक्शन निर्देशन गरेका अनुभवी निर्देशक हुन् भने अाेह पनि दक्षिण काेरियाका उत्कृष्ट निर्देशक हुन् ।

फिल्म ६ देशका चर्चित १४ शहरहरुमा शुटिङ हुँदैछ । फिल्मकाे ब्यानर र कलाकार दुवै हेरेर थाहा हुन्छ कि फिल्म कुन स्तरकाे हुनेछ । यस्ताेमा एक्शन फिल्म मन पराउने दर्शकका लागि याे राम्राे खुराक हुन सक्छ ।स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here