गायक प्रदिप घिमिरेको ‘अनिता’ बोलको पप गीत सार्वजनिक

0
187

काठमाडौं । गायक प्रदिप घिमिरेको ‘अनिता’ बोलको पप गीत सार्वजनिक भएको छ।अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका गायक प्रदिप घिमिरेले ‘अनिता’ बोलको पप गीत मंगलबार सार्वजनिक भएको हो।आफ्नै जीवन संगिनी अनिताको माया, प्रेम र गुनासाहरुलाई उनले सांगीतिक शब्दमा वर्णन गरेका छन्। ‘माया अनि झगडा कति कति, हाम्रो सम्बन्धको रित छ यस्तै यस्तै’ जस्ता शब्द सिर्जना गरी पप गीत बनाइएको हो।

गीतको भिडियोमा गायक हिमाल सागर र सिमोना सुबेदी फिचरिङ गरिएको छ। सिमा भुर्तेल, सुसन कोईराला, संजय तामाङ र अमीर मगरको समेत अभिनय रहेको सो म्युजिक भिडियोको कोरियोग्राफी संजय तामाङले गरेका छन्।त्यस्तै उक्त भिडियोको छायांकन चक्र महर्जन र रमेश पौड्याल (अमेरिका) ले गरेका छन्।

काठमाण्डौ, ललितपुर र अमेरिकामा छायांकन गरिएको सो भिडियोको रचना साहित्यकार तथा गीतकार डा. अनुप श्रीवास्तवले गरेका हुन् भने संगीत र निर्देशन राहुल प्रधानले गरेका छन्।बिजेश पौड्यालको सम्पादन रहेको सो म्युजिक भिडियो गायक घिमिरेले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्।(भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here