गायिका सुनिता दुलालको”तीज भनेकै नाँच्न गाउन हो’ बोलको नयाँ तीज गीत सार्वजनिक

0
370

काठमाडौं । प्रत्येक वर्ष आउने तीज गीतमा गायिका सुनिता दुलाल केही न केही नयाँ थिमका गीत लिएर दर्शकमाझ आउने गर्दछिन् । विगतका वर्ष झैं उनले यो वर्ष पनि तीजको गीत लिएर दर्शकमाझ आएकी छन् । यो वर्ष उनले ‘तिज भनेकै नाँच्न गाउन हो’ बोलको गीत ल्याएकी छन् ।

गीतको भिडियोमा सुनिता आफैले कम्मर मर्काएकी छन् । रुपकी सुन्दर सुनिताले नृत्य पनि राम्रो गरेकी छन् । दर्जन बढी कोरसका साथ सुनिताले तीजमा सबैलाई रमाउन आग्रह गरेकी छन् ।

गीतमा रमेश बिजीको शब्द र बिबी अनुरागीको संगीत छ । भिडियोमा कमल राईको निर्देशन, निशान घिमिरेको सम्पादन र मधुर बस्नेतको छायांकन छ । गीतलाई गायिका सुनिताले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here