उदयपुरमा सर्पदंशको कारण एक महिलाको मृत्यु

0
273

उदयपुर / उदयपुरमा सर्पदंशको कारण एक महिलाको मृत्यु भएको छ । कटारी नगरपालिका २ स्थित विद्धाबर घर भएकी २३ वर्षिय यसोदा कट्टेललाई मंगलबार सर्पले डसेर ज्यान गएको हो । घर लिपपोत गर्न माटो लिन गोठमा गएको बेला कट्टेललाई सर्पले टोकेको थियो । सर्पले डसेपछि उनलाई कटारी–१ स्थित बेल स्रोत आर्मी क्याम्पको सर्प दंश उपचार केन्द्रमा लगेका थिए ।

अवस्था जटिल भईसकेको, बोल्न नसक्ने र घाटी च्यापेकोले र उपचारको लागि पर्याप्त उपकरणहरू नभएको बताएपछि बाहिर लैजान सुझाव दिएको मृतकका जेठाजु मोहन कट्टेलले जानकारी दिए । उनलाई थप उपचारको लागि चोहर्वा आर्मी क्याम्पमा रहेको सर्प दंश उपचार केन्द्रमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जेठाजु मोहन कट्टेलले बताए । गत साउन ७ गते कटारी–२ गुराँसका हंस बहादुर कार्कीका १० वर्षिय छोरा विक्रम कार्कीलाई सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here