साउन १७ काठमाण्डौ | भक्तपुरमा एक बाबुले आफैँसँग सुतेका १७ वर्षीय छोराको हत्या गरेका छन् । मध्यपुर थिमि–१ स्थित रमाइलोचोकमा डेरा गरी बस्ने ४० वर्षीय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षीय सागर चापागाईंको ओछ्यानमै हत्या गरेका हुन्।
स्थानीय शिवप्रसाद पौडेलको घरमा डेरागरी बस्ने डिल्लीरामले आफैंसँग सुतेका छोरा सागरको घाँटीमा धारिलो हतियार प्रहारगरी हत्या गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
छोराको हत्यापछि हतियार समेत कोठामा छाडेर डिल्लीराम एक तल्ला माथिबाट हाम फालेर फरार भएका थिए। घटना लगत्तै फरार भएका डिल्लीरामलाई प्रहरीले राति नै नियन्त्रणमा लिएर महानगरिय प्रहरी वृत्तमा राखिएको छ ।
डिल्लीरामले घरायसी विवादमा छोरोको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, यस विषयमा थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिए ।ओएस नेपाल |