चर्चित सारंगी बादक / गायक हेमन्त कान्छा”को मर्मश्पर्शी गीत (जान्छु प्रदेश) हेरेर नरुने कोई छैन : भिडियो |

0
854

साउन १७ काठमाण्डौ | म्याग्दी जिल्ला मा जन्मिएका गायक तथा चर्चित सारंगी बादक हेमन्त कान्छा रसाईलीले आफ्नो जन्मदिनको अवसर पारेर झलक मान गन्धर्वको झल्को मेटाउने गरी मर्मश्पर्शी गीत (जान्छु प्रदेश) बजारमा ल्याएका छन् | यो गीतबाट सारंगी बादक रसाइली, सारंगी बादक मात्र नभई राम्रो गायक हुनुको पनि प्रष्ट पारेका छन् |

सार्वजनिक उक्त गीतमा स्वर संगीत रसाईलिकै रहेको छ भने, शब्द बिष्णु खतिवडा को रहेको छ | त्यसै गरि उक्त गीतको भिडियोमा निर्देशन सन्तोष राज सापकोटा ,छायांकन प्रवेश पोख्रेल ,सम्पादन दुर्लभ श्रेष्ठको रहेको छ |
गीतको मिक्सिंग मास्टरिङ मनोजराज सेवा परियार ,को रहेको छ ,भने कर्ड्स प्रोग्रामिङ झलक संगीतम “को रहेको छ | गीतको भिडियोमा हेमन्त कान्छा ,रसाईली ,रत्न बिक : सन्तोष राज सापकोटाको मनै रुवाउने अभिनय देख्न पाईन्छ | गीतको भिडियोलाई सारंगी बादक गायक हेमन्त कान्छाको आफ्नै युट्युब च्यानल बाट अपलोड गरिएको छ |
उक्त गीत आम जनमानसको मनमा बस्न सफल भएको गायक सारंगी बादक हेमन्त कान्छा बताउँछन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here