जब स्कुल स्कुलमा ‘मेरी मामु’को टाईटल गित बजेर सकियो यस्तो भयो हालत….

0
1513

भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’ यूनिटले विद्यालय केन्द्रित प्रमोशन सुरु गरेको छ । बाल मनोविज्ञानमा आधारित चलचित्र भएका कारण पनि चलचित्र यूनिट विद्यालय केन्द्रित प्रमोशनमा निस्किएको हो ।चलचित्रका मुख्य कलाकार ७ वर्षीय आयुब सेनसहित चलचित्रका अन्य कलाकार तथा यूनिट दर्जन बढी विद्यालयमा पुगिसकेका छन् ।काठमाडौंका विद्यालयमा प्रमोशनपश्चात यूनिट काठमाडौं बाहिर सहरका विद्यालयहरुमा पुग्ने निर्माता सन्तोष सेनले डिसी नेपाललाई जानकारी दिए ।पछिल्लो एक सातादेखी चलचित्र यूनिट काठमाडौंका विभिन्न विद्यालयमा पुगेको छ । गत शुक्रबारमात्रै चलचित्रमा समावेश ‘आमा’बोलको गीत सार्वजनिक गरेसंगै चलचित्र यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको हो ।

चलचित्रका मुख्य कलाकार ७ वर्षीय आयुब सेनसहित चलचित्रका अन्य कलाकार तथा यूनिट दर्जन बढी विद्यालयमा पुगिसकेका छन् ।काठमाडौंका विद्यालयमा प्रमोशनपश्चात यूनिट काठमाडौं बाहिर सहरका विद्यालयहरुमा पुग्ने निर्माता सन्तोष सेनले डिसी नेपाललाई जानकारी दिए ।बालबालिका केन्द्रित चलचित्र भएकाले यसबारे बालबालिकालाई जानकारी गराउने उद्धेश्यले विद्यालय केन्द्रित प्रमोशन गरिएको पनि सेनले बताए। अबको झण्डै एक महिना चलचित्र यूनिटले यस किसिमको प्रमोशन अंगाल्नेछ काठमाडौंका विद्यालयमा पुग्दा चलचित्रप्रति बालबालिकाहरु उत्साहित देखिएका छन् । विद्यालयमा सार्वजनिक ‘आमा’बोलको गीत देखाईएको थियो । जुन गीत हेरेपछि विद्यार्थी तथा शिक्षकहरु भावुक भएको सेन बताउँछन् । चलचित्र प्रचार–प्रसारसंगै आमा र छोराको सम्बन्धबारे गतिलो सन्देश दिन विद्यालयमा पुगेको निर्माता सेनको तर्क छ ।

विद्यालयमा पुगेको यूनिटले विद्यार्थीहरुलाई आषुशेन फिल्मसबाट उपलब्ध पर्चिमा आफ्नो आमाको बारेमा केही शब्द कोर्न लगाएको छ ।सो पर्चिलाई संकलन गरी देशभरबाट संकलितमध्ये गोला प्रथाबाट लक्की ५ जना बच्चा आफ्नो आमासंग निःशुल्क ३ दिन २ रातको थाइल्याण्ड भ्रमण प्याकेज व्यवस्था गरिनेछ ।यसकारण पनि स्कूल क्याम्पेन चलचित्र प्रचार–प्रसारका लागि मात्र नभएर आमा र बच्चाको बलियो सम्बन्ध स्थापनाको लागि भएको निर्माता सेन बताउँछन् ।

चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता सेनका ७ बर्षिय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ ।यसअघि लभस्टोरी ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ जस्ता लभस्टोरी जनरामा आधार रहेर चलचित्र निर्माण गर्दै आएको आशुषेन फिल्मसले मेरी मामुमा विशेष कथा उठाएको छ । निर्माता सेन भन्छन– ‘अहिले विशेष कथा उठाएका छौं, यसले सम्पूर्ण आमा–छोराको मन छुनेछ । यसकारण पनि चलचित्र सफल हुने पूर्ण आशावादी छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here