ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि चितवनकी लक्ष्मी पौडेललाई

0
777

काठमाडौं।२३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् । काठमाडौंमा १५ आसरमा सम्पन्न यस प्रतियोगितामा आफ्ना २३ प्रतियोगीलाई जित्दै लक्ष्मीले उत्कृष्ट भएको थिईन भने महाराजगञ्ज काठमाडौंकी मेकअप आर्टिस्ट शोभा श्रेष्ठ फस्ट रनरअप र कालिमाटी काठमाडौंकी शोभा बस्नेत सेकेन्ड रनरअप भएकी थिईन् । प्रतियोगीतामा बिजेताले ११ हजार १११ रुपैयाँसहित क्राउन र विभिन्न उपहार, फस्ट रनरअपले ६ हजार ६६६ रुपैयाँ र उपहार र सेकेन्ड रनरअपले ४ हजार ४४४ रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी थिईन् ।


ब्युटी न्युज नेपालको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा बरिष्ठ ब्युटिसियनद्वय डा. राजश्री श्रेष्ठ, अग्रज व्युटिसियन रश्मिला श्रेष्ठ, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेल, नेचर इसेन्स/करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती र अग्रज मेकअप आर्टिस्ट श्याम बराल थिए । आयोजक सुमित्रा रञ्जितकारले कार्यक्रममा बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको बताइन् ।


कार्यक्रममा नेचर इसेन्स/करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती, वर्षको उत्कृष्ट कस्मेटिक व्यवसायी मच्छिन्द्र खकुरेल, अस्थाबेरी लिमिटेड मुम्बई तथा डेल्टा मार्केटिङका नेपाल प्रबन्धक हेमन्त नेरुलालाई कस्मेटिक क्षेत्रमा उल्लेख योगदान सम्मानबाट सम्मानित गरिएको थियो । ब्युटिसयन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै अग्रज ब्युटिसियन सफलता थापा ब्युटिसियन योगदान सम्मान र १५ वर्षदेखि नाइहरुसँगै पौठेजोरी गर्दै पुरुषको कपाल दारी काट्दै आएकी ब्युटिसियन देबीमाया दाहाल (दीपा)लाई ब्युटिसियन फरक योगदान सम्मानबाट सम्मानित गरिएको थियो ।

यो प्रतियोगिता ब्युटी सेक्रेट ब्युटी सलुन खिचापोखरी, रोज सिप विकास तामिल केन्द्र रवि भवन, रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलंकी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, ओम शान्ति ब्युटी सलुन सल्लाघारी र विक्षण क्रिएसनले यो प्रतियोगिताको आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here