चलचित्र,रामकहनी,को ट्रेलर सार्वजनिक

0
728

काठमाडौं।बहुप्रतिक्षित फिल्म रामकहनीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा लब र कमेडी देख्न सकिन्छ । सौरभ लामाको छायांकन रहेको फिल्ममा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, र सुर्दशन थापाको कथा तथा निर्देशन रहेको छ । फिल्मको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ ।

निर्देशक सुदर्शन थापाको होम प्रोडक्शनमा निर्माण भएको फिल्म रामकहानी यही भदौ २२ गते रिलिज हुँदैछ । कमेडी तथा लब जनरामा निर्माण भएको फिल्मको निर्माता पूजा शर्मा र सुर्दशन थापा हुन् । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here