लोकप्रिय तीज गीत ‘भगेरी चरी’ सार्वजनिक

0
777

हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा धेरै भन्दा धेरै तीज गीत सार्वजनिक भैसकेका छन् । केही गीत तीजकै झल्को दिने खालका छन् भने केही गीत समाजमा विकृति विसङ्गति भित्र्याउने खालका छन् ।

आफ्नो पन आफ्नो परम्परा बोकेका भन्दा पनि व्यवसायलाई मध्यनजर गर्दै निर्माण गरिएका गीतले राम्रा गीतहरूलाई ओझेलमा परेको कुरा पनि नकार्न सकिदैन । आज भन्दा २ वर्ष पहिले बजारमा आएको शिलु भट्टराई र खुमन अधिकारीको आवाजमा रहेको ‘भगेरी चरी’ ले दर्शकको मन जित्यो र सबैको मुख मुखमा झुण्डियो त्यस्तै आफ्नो मौलिकता बोकेको तीज गीत ‘जमुनाको तीर’ पनि अहिले बजारमा सार्वजनिक भैसकेको छ ।

संचारकर्मी निरु गौतमको लय शब्दमा तयार पारिएको गीतमा तीजमा माइत जना नपाएर आफ्नो मनको बह आफ्नो राजासँग व्यक्त गरेको कुरा गीतमा समावेश छ । बुलबुल मिडियाले बजार व्यवस्थापन गरेको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायाङ्कन तथा सम्पादन गरेका छन् ।

बुटवलको सिद्धार्थ कटेजमा छायांकन गरिएको उक्त भिडियोमा सुमन पौडेल , सपना राना , कुलचन्द्र पुरी, बिष्णु श्रेष्ठ, मीरा कार्की लगायतको अभिनय देकना सकिन्छ । सगुन शर्माले श्रीन्गार गरेको भिडियो मा कृष्ण बाबुले निर्माण नियन्त्रकको भूमिका निर्बाह गरेका छन् ।बजारमा सार्वजनिक भए लगत्तै दर्शकको राम्रो प्रतिक्रिया आएकोले गीत संगीतमा अझ राम्रा सिर्जना दर्शक माझ पस्कने निरु गौतम बताउँछिन् ।हेरौँ सार्वजनिक भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here