गायक तुलसी सापकोटाको प्यारी छोरी सार्वजनिक

0
745

युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागी रातदिन तल्लिन रहने अत्यन्तै लोक प्रिय गायक तुलसी सिवाकोटीले प्यारी छोरी नामक गीति एल्बम बजारमा ल्याएका छन्।

आफ्नै छोरीको जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेको सिवाकोटीले आफ्ना छोरीको लागी मात्र नभएर सम्पूर्ण छोरीहरूको लागी उपहार दिन खोजेका हुन् ।

हरेक बाबुआमाको आफ्ना छोराछोरीको उत्तिकै प्यारो लाग्ने गर्दछ। तर धेरै जसो हाम्रो नेपाली समाजको सोचाइमा भने छोरी भन्दा छोरा नै भै दिए हुन्थ्यो भन्ने गलत सोचाइले गर्दा छोरीलाई समाजमा हुने गरेको अपहेलितपनले भने गायक सिवाकोटीले छोरी प्यारी हुन्, छोरी सृष्टि हो, छोरी यस संसारको धर्ती मात्र हैन आँखाको नानी हुन् भनेर छर्लङ्ग पारिदिएका छन् ।

यसु थापा को शब्द र निरज श्रेष्ठको संगीत मा रहेको यो गीतले सम्पूर्ण दर्शक श्रोताहरुको मन जितेका छन् । थुप्रै किसिमका गीतहरूमा आवाज दिएर सबैका मन जितिसकेका सिवाकोटीले यसपालि छुट्टै किसिमका र पृथक किसिम आवाज दिन पाउँ मख्ख र खुशी देखिन्छन् ।

उनी गायक भन्छन् यो समाजले छोरा लाई काखा र छोरीलाई पाखा गरेर हेर्ने दृष्टिकोणले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पूर्ण छोरीहरुको लागि यो गीत पस्कन पाउदा म अत्यन्तै गौरव र भाग्यशाली ठानेका छु। युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारौँ क्रिएसनले बजारमा आफ्नो युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here