गाउँका नामहरु नै यति अश्लील, जसको नाम लिदा संसदमा सबै रातो पिरो भएर मुख छोप्नु पर्यो !

0
1084

संसदमा एकजना सांसदले केही गाउँहरुको नाम भनिरहँदा संसदमा हंगामा भयो, सांसदहरु लाजले भुतुक्कै भए र शव्दैपिच्छे हाँसिरहे । महिला सांसदहरु त झनै लाजले रातोपिरो भए ।

यो प्रसंग घानाको हो | सांसद फ्रिम्पोंग ओसेइले संसदमा बोल्ने क्रममा जब आफ्नो निर्वाचन क्षेत्रका गाउँहरुका नाम उच्चारण गर्न थाले, तब सांसदहरु अनौठो तथा लाज मान्दै हाँसिरहे । नहाँसुन् पनि किन ? गाउँका नामहरु निकै अश्लील थिए । ती गाउँका नामहरु स्थानीय टिवी भाषामा थिए र नामको अर्थ निकै अश्लील थियो । एउटा गाउँको नाम बुद्धिमान योनी रहेछ भने अर्को गाउँको नाम मूर्ख लिंग ।

बिजुली पुग्न नसकेका ती गाउँहरुमा बिजुली पुर्याउने विषयमा ती सांसदले संसदमा भाषण गरेका थिए । उनले सरकारलाई ती अन्धकारमय गाउँमा कहिले बिजुली पुग्छ ? भनेर प्रश्न गरे । तर बिजुली पुग्न नसकेका ती गाउँको नाम सुन्दैमा लाजले भुतुक्कै भएका उर्जा मन्त्रीले बिजुली पुर्याउने योजनाका बारेमा सुनाउनुअघि जोक गर्दै भने, ‘यदी ती गाउँमा बिजुली लैजाने हो भने त रातिको क्रियाकलापमै दखल पर्ने रहेछ ।’

बिहीबारको संसद बैठकमा सांसद् ओसेइले आफ्नो क्षेत्रका केही गाउँको नाम लिए । जसमा इटवे निम, न्यान्सा, कोटे ये आबोआ र शुआ ए मोर्बोर थिए ।स्थानीय भाषाका यी नामहरुको अर्थ अश्लील हुन्छ । एटवे निम न्यान्साको अर्थ योनी ज्ञानी छ भन्ने हुन्छ । त्यस्तै कोटे ये आबोआको अर्थ लिंग मूर्ख छ भन्ने हुन्छ । त्यस्तै शुआ ये मोर्बोरको अर्थ अण्डकोष दुःखी छन् भन्ने हुन्छ ।

वास्तवमा यस्ता गाउँका नामहरु संसदमा सांसदले उच्चारण गर्नुअघि धेरै घानेलीहरुले सुनेकै थिएनन् ।यस्ता अश्लील नाम किन राखियो त आखिर ? बीबीसीका अनुसार प्रायः कुनै पनि गाउँको नाम उक्त गाउँमा वस्ती बसाल्ने समुदायले राख्ने गरेका हुन्छन् र उनीहरुले आफ्नो अनुभवको आधारमा यस्ता नाम राख्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here