नेपाली चेलीको दर्दनाक पीडा, कसले गर्यो यस्तो (हेर्नुहोस् भिडियो)

0
832

पछिल्लो समय हरितालिका तीजको अवसर पारेर गीत बजारमा आउने क्रम जारी छ । तीजका नाममा यथार्थ तीज गीत भन्दा पनि सस्तो लोकप्रियता कमाउने गीतहरु आइरहेको बेला चर्चित गायिका प्रिति आले र गायक प्रचण्ड जीसीले भने फरक धारको मार्मिक तीज गीत ‘जान्न फर्केर’ बजारमा ल्याएका छन् ।
एक चेलीले बिवाह गरेर घर गइसकेपछि घरमा आइपर्ने विविध हेला, दुःख, यातना, पीडालाई भोग्न नसकेपछि माइतीघरमा पीडा पोख्दा पनि छोरीले माइती बस्नुहुन्न बाबा, आमाको सुझावपछि त्रिशुलीमा हामफालेर जीवन त्याग्न बाध्य पीडित एक चेलीको वेदना गीतमा दर्शाउन खोजिएको छ । जीवन त्यागको अभिनय मोडल दिपासा बिसीले गरेकी छिन् ।

भावुक र उत्कृष्ट अभिनय गरेकी बिसीको प्रस्तुती दशर्कले औधी रुचाएका छन् । जान्न फर्केरमा गायिका आले र गायक जिसीको स्वर रहेको छ भने सुवास केसीले शब्द दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here