काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले मङ्गल ग्रहमा मानवजातिलाई बसाउन निर्माण गरिने आवासगृहका पाँचवटा नमुना सार्वजनिक गरेको छ।
यिनको निर्माण थ्रीडी प्रिन्टरको प्रयोग गरेर गरिएको हो। पृथ्वीबाहिर पनि उपयुक्त हुने खालको दीर्घकालीन निर्माणप्रविधि पहिल्याउन नासाले २५ लाख डलर पुरस्कार राखेर एउटा प्रतियोगिताको आयोजना गरेको थियो। यी नमुना त्यही प्रतियोगिताबाट छानिएका हुन्।
केही दिनअघि मात्र अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका थिए
नीहरूले फेला पारेर प्रस्ताव गरेको जलाशयु सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ।
यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो।